महानगरको विकास गर्न स्रोतको अभाव छैन: मेयर उम्मेदवार आचार्य
कास्की | बैशाख २०, २०७९
पोखरा: पोखरा महानगरमा पाँच दलीय गठबन्धनका मेयर पदका साझा उम्मेदवार धनराज आचार्यले महानगरको विकासका लागि श्रोत र साधनको अभाव नहुने बताएका छन् । पाँच दलीय गठबन्धन निर्वाचन परिचालन समितिले पोखरा १७ मा आयोजना गरेको घरदैलोसहितको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले फेवाताल, पाताले छाँगो, गुप्तेश्वर गुफा, सेती नदी लगायतका यहाँका सम्पदाको पारदर्शी ढंगले उपयोग गर्ने बताए ।
सबै सरोकारवालाहरुसँग बसेर उनीहरुको भावनालाई सम्बोधन गरेमा विना विवाद काम गर्नसकिने उनको प्रष्टोक्ति छ । ‘पोखरामा रहेका सम्पदाको उचित संरक्षण र यसको पारदर्शी उपयोगबाट नै धेरै काम गर्न सक्छौं । यहाँ पारदर्शीताको आवश्यकता छ । कयौं काम अध्यारो कोठामा बसेर गरिँदा समस्या आएका छन् । हामी त्यसो हुन दिँदैनौं । पारदर्शी ढंगले सबैको अपनत्व हुनेगरी काम गछौं’, उनले भने ।
मेयर उम्मेदवार आचार्यले अध्यारो कोठामा बसेर अपारदर्शी ढंगले कुनै निर्णय भएको भए त्यसको समेत छानविन गरिने बताए । आफूहरु महानगरमा केही गर्न र महानगरलाई महानगरको रुपमा विकास गर्न जाने भन्दै उनले महानगर स्तरका सम्पूर्ण सुविधायुक्त संरचना निर्माण गरिने उनले दृढता प्रकट गरे ।
‘हामी महानगरलाई महानगरको रुपमा विकास गर्न चाहन्छौं’, उनले भने, ‘त्यसका लागि हाम्रा योजना घोषणा पत्रमार्फत सार्वजनिक गरेका छौं । जे गर्छौं भनेका छौं, त्यो गर्नेछौं र एउटा सभ्य महानगर जो सबै हिसावले महानगर भन्न लायक हुनेछ । यहाँका नगरबासीले त्यसको अनुभव गर्ने र भोग्ने हुन्छ नै बाहिरका मानिसले समेत यहाँ फर्केर आइरहने बनाउँछौं’,उनले भने ।
महानगरका सहरी क्षेत्रको फोहोर सहितको ढल बगेर बिरौटा र छोरेपाटनलाई कुरुप बनाउने गरेको भन्दै यसको उचित व्यवस्थापन गरिने उनले बताए । अझैपनि ४५ प्रतिशत विरुवा फाँट बचेको भन्दै त्यसलाई बचाएर व्यवस्थापन गर्ने तर्फ आफूहरुले ध्यान दिने प्रतिबद्धता उनको थियो ।
कार्यक्रममा उपमेयर पदका उम्मेदवार कोपिला रानाभाटले आफूहरु जनताको सेवामा केन्द्रीत हुने बताइन् । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले गठबन्धनका उम्मेदवारलाई नगरवासीले मत दिए सुन्दर र समृद्ध पोखरा आफूहरुले दिने धारणा राखे ।
कार्यक्रममा पोखरा महानगर वडा नम्बर १७ का वडाध्यक्ष उम्मेदवार देवराज आचार्य, एकीकृत समाजवादीका कास्की उपाध्यक्ष झपिन्द्रराज रेग्मी, कास्की कांग्रेसका पूर्व जिल्ला सदस्य पुण्डरी प्रसाद बराल र एकीकृत समाजवादी पोखरा १७ का अध्यक्ष शिवराज आचार्य लगायतले बोलेका थिए ।
विराटनगरः नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ । जाउँ है पोखरा अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले वि...
पोखरा: माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रेको केन्द्र–४,लाहाचोकमा बुधवार देखि चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला म...
काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...

